काठमाडौं – नेपाल प्रहरीमा एकैपल्ट २० हजार प्रहरीको बढुवा गरिने भएको छ ।
बुधबारको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको नियमावली संशोधन प्रस्ताव पारित गरेसँगै यति ठूलो संख्यामा प्रहरीको बढुवा हुन लागेको हो ।
मन्त्रिपरिषद्ले पारित गरेको नियमावलीमा प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने प्रावधान राखिएको छ । सरकारको यो निणर्य राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले पछिल्लो निणर्यबाट तल्लो तहका प्रहरीमा सकारात्मक सन्देश गएको बताए ।
१०र१२ वर्षसम्म पनि एकै तहमा रहनुपर्ने, बढुवा नहुँदा जागिर छाड्ने, निराशा बढ्दै गएको भन्दै प्रहरी प्रधान कार्यालयले तह बढुवाको प्रक्रिया अगाडि बढाएको थियो । प्रहरीमा तल्लो दर्जाको मनोबल वृद्धिका लागि के गर्न सकिन्छ भन्नेबारे समिति नै गठन गरे अध्यय समेत गरिएको थियो ।
प्रहरीको नियमावली संशोधन प्रस्ताव लागु भएसँगै कायम दरबन्दीबाट ३३ प्रतिशत प्रहरी कर्मचारी सहायक हवल्दार हुनेछन् । ४६ हजार जवानमध्ये १५ हजार बढी जवान सहायक हवल्दार हुनेछन् भने तीन हजार ७०० हवल्दार वरिष्ठ हवल्दारमा र एक हजार बढी सई वरिष्ठ सईमा बढुवा हुनेछन् । बढुवा प्रक्रियामा ज्येष्ठता क्रमलाई हेरिनेछ ।





प्रतिक्रिया