देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपत्यकाको ट्याक्सी भाडा बढ्यो, न्यूनतम ६० रुपैयाँ

देशान्तर

काठमाडौं – बागमती प्रदेशमा ट्याक्सी भाडा बढेको छ। श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सी भाडा बढाएको हो।

मन्त्रालयले जारी गरेको निर्णयअनुसार अब ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम भएको छ। शुरुको एक किलोमिटर पश्चात् प्रतिदुई सय मिटरको ९ पैसा ८० का दरले थप हुने गरी कायम गरिएको छ।

त्यस्तै ट्याक्सीहरूले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने मिटरमै हिँड्नुपर्ने निर्णयमा उल्लेख छ। यो निर्णय माघ १ गतेदेखि लागु हुने मन्त्रालयले जनाएको छ।