देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डेढ महिनामा त्रिभुवन विमानस्थलबाट १५५ किलो सुन बरामद

देशान्तर

काठमाडौं –  करिब डेढ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा १५५ किलो ४९ ग्राम सुन नियन्त्रण लिइएको छ । मंसिर १३ देखि पुस २४ गतेसम्ममा सो परिमाणमा सुन नियन्त्रणमा लिइएको हो ।

आइतबार अर्थ मन्त्रालय अन्तर्गत उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले सो परिमाणको सुन ३ हजार ५२० यात्रुबाट नियन्त्रणमा लिइएको जानकारी गराएका हुन् ।

उनका अनुसार नियन्त्रणमा लिइएको सुनको प्रचलित बजार मूल्य १ अर्ब २२ करोड रहेको छ ।
नियन्त्रणमा लिइएको सुनमध्ये १५४ किलो ४१५ ग्रामको राजस्व १४ करोड ७० लाख असुली गरिएको छ । नियन्त्रणमा लिइएकामध्ये ३ हजार ४५४ जना यात्रुले राजस्व भुक्तानी गरेर सुन लिएका हुन् ।

पछिल्लो समय सरकारले सुन तस्करीलाई नियन्त्रण गर्न विदेशबाट आउने यात्रुले ५० ग्राम मात्र सुन राजस्व छुटमा ल्याउन पाउने नियम लागू गरेको छ । तस्करले स्वदेश फिर्ता हुन लागेका कामदारलाई भरिया बनाएर सुन पठाउने गरेको समाचार आउने गरेको छ ।