देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एटिएम बुथमा सेनिटाइजर राख्न राष्ट्र बैंकको निर्देशन

देशान्तर

काठमाडौं – नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट जोगिन आवश्यक मापदण्डको अनिवार्य पालना गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गरेको छ।

सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्न भनिएको छ ।

एटिएम बुथहरूबाट हुनसक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी सेनिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्न निर्देशन दिइएको छ।