देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई भोलिबाट खोप लगाइने

देशान्तर

 

 

 

 

 

काठमाडौं-सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबार (भोलि)देखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ।

खोप कार्यक्रम सुरु नभएका स्थानमा भोलिबाट लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।