देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्लाष्टिक उद्योगमा आगलागी, १० करोडको क्षति

देशान्तर

काठमाडौँ – धनुषाको लक्ष्मीनिँया गाउँपालिका–७ भगवतीपुरस्थित नवल मुररकाको जानकी प्लाष्टिक उद्योगमा आगलागी​ हुँदा १० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

उद्योगमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा मेसिन, मेटेरियल सामान, केमिकल, कच्चा पदार्थ, काठपात, लत्ताकपडा लगायत अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनिँयाबाट खटिएको प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको छ ।