देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन

देशान्तर

काठमाडौँ – चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् ।

बुधवार माईतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा सहभागि भएका अमीर तामाङले उहाँले चीन आवत जावत गर्ने केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गरेका छन् । उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए ।

आन्दोलनकर्मी तामाङले भने, केरुङ, खासा नाकाहरु खुल्ला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ ।’

आन्दोलनकर्मीहरुले नेपाल चाइना नाका खुल्ला गर्, विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर् लगायतका नारा लगाएका थिए ।