देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१६ महिने बालकको चक्कु हानी हत्या

देशान्तर

काठमाडौं – स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ ।

वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकरी दिए ।

हत्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेको उनले बताए ।

‘दिउँसो १ बजे चक्कु प्रहार भएको र तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृत घोषित गरेको अधिकारीले बताए
। घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घाइते भएकी छिन उनको अवस्था मध्यम छ ।

प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो ।
गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन । यो विषयमा अनुसन्धान भैरहेको प्रहरीले बताए ।