देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिंहदरबार प्रवेशमा कडाइ

देशान्तर

काठमाण्डौ । सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

कोरोना सङ्क्रमण जोखिमपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।

बुधबार गृह मन्त्रालयले सूचना निकालेर सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गरेको छ । नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्रका लागि गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।

सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइनेछ ।

सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहका लागि आज एकदिन यसअघिकै पास र अस्थायी परिचयपत्रबाट प्रवेश दिइनेछ ।

कोरोनाको जोखिम बढ्दै गएकाले कडाइ गर्नुपरेको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।