देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बंगलादेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्यार्थीको सामान चोरी

देशान्तर

काठमाडौं – अध्ययनका लागि बंगलादेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक नेपाली विद्यार्थीको नगदसहित महत्वपूर्ण सामान चोरी भएको छ। मंगलवार दिउँसो १:४५ बजेको हिमालयन एयरलाइन्सको फ्लाइट नम्बर एच ९६७८ मार्फत् ढाका जाने क्रममा नित्या कार्कीको नगदसहित सामान चोरी भएको हो।

उनीसँगै यात्रा गरेका उनका अरु साथीहरूको पनि लगेजको ताल्चा भाँचिएको अवस्थामा पाइएको नेप्लिज मेडिकल स्टुडेन्ट्स बंगलादेशका अध्यक्ष नवीन यादवले बताए। यादवका अनुसार ढाका पुगेर डलर साट्ने क्रमममा लगेज च्यातिएको अवस्थामा भेटिएको थियो।

उनीहरूले तत्काल स्थानीय प्रहरीलाई खबर गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै चोरी भएको हुनसक्ने जवाफ दिएको अध्यक्ष यादवले थाहाखबरलाई बताए। त्यसपछि उनीहरूले आफन्तमार्फत हिमालयन एयरलाइन्सको सिसिटिभी फुटेज हेर्न खोज्दा दिन नमानेको यादवको भनाइ छ।

‘भिडियो डाउनलोड भएको छैन। अर्को दिन आउनुस् भनेर फिर्ता पठाइयो‚’ उनले भने‚ ‘यस्तो लापरबाही कुनै जघन्य अपराधभन्दा कम छैन।

नेप्लिज मेडिकल स्टुडेन्ट्स बंगलादेशले एक विज्ञप्ति जारी गरी यथाशीघ्र आवश्यक छानबिन गरेर पीडित विद्यार्थीको रकम र सामान हस्तान्तरण गर्न माग गरेको छ।