देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नुवाकोटको चर्चित गोरु जुधाई मेला स्थगित

देशान्तर

काठमाडौँ – नुवाकोटको चर्चित गोरु जुधाई मेला स्थगित भएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो वर्षको गोरु जुधाई मेला स्थगित गरिएको हो ।

बिहीबार तारकेश्वस्थित माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गरी बढ्दो ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१० व्यवस्थापनको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते सञ्चालन हुने ऐतिहासिक पर्व गोरु जुधाई कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले गोरु जुधाई कार्यक्रम स्थगित हुँदा पर्न गएको क्षतिप्रति सम्पूर्ण कृषक तथा दर्शकहरुसँग क्षमा समेत मागेका छन् । धादिङसँग सीमा जोडिएको नुवाकोटको तारकेश्वरमा ९तारुका० प्रत्येक वर्ष माघे संक्रान्तिका दिन भव्य रुपमा गोरु जुधाई मेला लाग्ने चलन छ ।