देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेश जाने सेना–प्रहरीले ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने

देशान्तर

काठमाडौँ – विदेश जान, शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारीले ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने भएका छन् । बिहीबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले विदेश जाने गरी लाइसेन्स बनाउन लागेका आम सर्वसाधारण नागरिक र शान्ति सेनामा जान लागेका सेना तथा प्रहरीले आवेदन दिएको ७ दिन भित्र लाइसेन्स उपलब्ध गराउने जनाएको हो ।

तर, यसका लागि सेवाग्राहीले विवरण खुलाई आवेदन दिनुपर्ने विभागले बताएको छ ।