देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विकास तथा प्रविधि समितिको बैठकद्वारा मेलम्चीबारे सरकारलाई निर्देशन

देशान्तर

काठमाडौ – निधिसभा अन्तर्गतको ले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठाउन बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि समितिकी सभापति कल्याणीकुमारी खड्काले खानेपानी मन्त्रालयका जिम्मेवार निकायहरूबाट काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा खानेपानी सेवा बिस्तारका लागि भइरहेका कार्यहरु अन्य निकायहरूबाट आवश्यक समन्वय नभइ क्षति पुर्‍याउने कार्य भइरहेकोले तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पुर्‍याइएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिइन् ।
।उनले यस्तो समस्या दोहोरिन नदिनका लागि विधेयक संसदमा पेश गर्न पनि सरकारलाई निर्देशन दिनुभयो । समितिले नेपालमा खानेपानीको मुहान सुक्दै गइरहेको अध्ययनले देखाएकोले मुहान संरक्षणको कार्ययोजना बनाइ कार्यान्वयनमा लैजान पनि सरकारलाई निर्देशन दिएको छ ।

सभापति खड्काले बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेकोले काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएको भन्दै त्यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन खानेपानी मन्त्रालयलाई निर्देशन दिइन् ।