देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झापाबाट हराएका तीन बालकमध्ये एक फेला

देशान्तर

झापा– गौरादहबाट हराएका तीन बालकमध्ये एक जना फेला परेका छन्। दुई जना अझै बेपत्ता रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

गौरादह नगरपालिका-३ बरगाछी टोलका श्रीप्रसाद राजवंशीका छोरा १० वर्षीय आयुष, राहुल पराजुलीका छोरा १२ वर्षीय विशाल र १० वर्षीय विवेक बिहीबार बेलुका करिब ४ बजेदेखि हराएका थिए। उनीहरु घर नजिकैसँगै खेल्न गएका थिए। बिहीबार रातिसम्म घर नफर्किएपछि उनीहरूका अभिभावकले इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराएका थिए।

प्रहरी र गाउँले उनीहरूको खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा आयुश शुक्रबार परिवारको सम्पर्क आएको डिएसपी पाठकले बताए। पराजुली दाजुभाइ छोरा शनिवार बिहानसम्म कसैको सम्पर्क नआएको र उनीहरूको खोजी भइरहेको उनले बताए।