देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोभिड महामारीले पर्यटन क्षेत्रमा नराम्रो प्रभाव

देशान्तर

काठमाडौं – कोभिड- १९ महामारीको पहिलो र दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा कोभिडको पछिल्लो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले पुनः यो क्षेत्रमा सन्नाटा छाएको छ । पर्यटन क्षेत्रले विस्तारै लय लिँदै गर्दा ओमिक्रोन भेरियन्टको त्रासले पुनः यो क्षेत्रलाई त्रसित बनाएको हो ।

पछिल्ला दिनमा निरन्तर बढिरहेको महामारीको आँकडाले व्यवसायी मात्रै हैन, आम सर्वसाधरणलाई चिन्तित तुल्याएको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो ग्राफले मुलुकको आर्थिक र सामाजिक क्षेत्रलाई फेरि पनि त्रसित बनाउने आंकलन गर्न थालिएको छ ।

महामारीको प्रतिकूल परिस्थितिकाबीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसायलाई सञ्चालनमा राख्न व्यवसायीले माग गरेका छन् । कूल जनसङ्ख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट डेल्टाजस्तो खतरा नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो सङ्क्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ ।