देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दूतावासले भन्यो : सीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं

देशान्तर

 

 

 

कठमाडौं-भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । साथै संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उसले बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएको छ । सत्तारुढ तथा प्रतिपक्षी दलहरुले भारतसँग कूटनीतिक संवाद गर्न र सडक विस्तार तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन् । देउवा सरका सरकारले भने यसबारे औपचारिक रुपमा बोलेको छैन । तर, नेपाली कांग्रेसमा महासचिव गगन थापा र विश्वप्रकाश शर्माले भने भारतको मिचेको सीमानाको विषयमा बोलेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले शनिबार वक्तव्य जारी गर्दै नेपाल भारत सीमाबारे भारत सरकारको धारणा सर्वविदित, स्थिर र प्रष्ट भएको बताएको छ । त्यो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको भन्दै भारतीय दूतावासको प्रवक्ताको वक्तव्यमा भनिएको छ, ‘हाम्रो विचारमा स्थापित अन्तर सरकारी संयन्त्र र च्यानलहरु नै संवादका लागि उपयुक्त माध्यम हुन् ।’

साथै घनिष्ठ र मैत्रिपूणर् द्वीपक्षीय सम्बन्धको भावनाका आधारमा सीमा सम्बन्धी विषय सम्बोधन गर्न सकिने समेत भारतीय दूताबासले बताएको छ ।