देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वास्थ्यकर्मीलाई संक्रमणपछि नाकामा जनशक्ति अभाव

देशान्तर

लुम्बिनी –  नाकाहरूमा राखिएका हेल्थ डेस्कका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटामा परेपछि लुम्बिनी प्रदेशका विभिन्न नाकामा कोरोना जाँच प्रभावित हुन थालेको छ । प्रदेशका चार ठूला नाकामा खटिएका प्रयोगशालातर्फका कर्मचारी कोरोना संक्रमित भएसँगै जनशक्ति अभाव भएको हो । संक्रमितको संख्या एक महिनायता उकालो लाग्दै गएको छ ।

कपिलवस्तुको सीमा नाका कृष्णनगरस्थित हेल्थ डेस्कमा भारतबाट आएकाको ज्वरो परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर स् मनोज पौडेलरकान्तिपुर
भारतबाट आइरहेका धेरैमा संक्रमण पुष्टि हुने गरेको छ । यसअघि नाकामा एन्टिजेन परीक्षणमा व्यस्त ल्याबमा काम गर्ने कर्मचारीमा धमाधम संक्रमण पुष्टि भइरहेको छ । उनीहरू आइसोलेसनमा बस्नुपरेपछि जनशक्ति अभाव छ । कोरोना जचाउँदा संक्रमण पुष्टि हुने भन्दै केही नाकामा लक्षण मिल्ने समस्या देखिएका कर्मचारीले आफ्नोचाहिँ जाँच नगरी काम गरिरहेको बताए ।

रूपन्देहीको बेलहिया नाकामा सिद्धार्थनगर र विभिन्न संघसंस्थाका गरी ७ जना ल्याबका कर्मचारी निरन्तर खटिरहेका थिए । दिनहुँ काम गर्ने सिलसिलामा पाँच जनामा लक्षण देखा परेपछि कोरोना परीक्षण भयो । उनीहरूमा संक्रमण पुष्टि भएपछि घरमै आराम गरिरहेका छन् । अहिले नाकामा दुई जना मात्र एन्टिजेन परीक्षणका लागि खटिएका छन् । बेलहिया नाका हुँदै भारतबाट नेपालतर्फ दैनिक सयौं मानिस प्रवेश गर्छन् ।

नयाँ भेरिएन्ट मुलुक छिरेसँगै नाकामा एन्टिजेन परीक्षणको दायरा बढाइएको थियो । अहिले भारतदेखि ठूला झोला बोकेर आउनेलाई मात्र सोधपुछ गरी परीक्षण गर्ने गरिएको छ । तीबाहेक किनमेल, औषधि उपचार र भारत घुमी आउने नेपाली र भारतदेखि नेपाल आउने गाडीका गाडी भारतीयलाई खोप कार्डका आधारमा प्रवेश दिइएको छ ।

दैनिक ३ सयभन्दा बढीको परीक्षण गर्दा सरदर ४० जनामा संक्रमण पुष्टि भइरहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन लोकनाथ कँडेलले बताए । एन्टिजेन किट प्रशस्त भए पनि जनशक्ति नहुँदा परीक्षणको काम छिटो र सोचेअनुरूप गर्न नसकिएको उनले जनाए ।