देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ लाई हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश

देशान्तर

काठमाडौं– नेपाल पुलिस क्लबले प्रदेश १ लाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणका चारवटै खेलमा जित निकाल्दै पुलिसले आठ अंक जोडेको छ।

सोमबार कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो।

जितका लागि १०२ रनको लक्ष्य पाएको पुलिसले १३ दशमलव एक ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। पुलिसका लागि सर्वाधिक ४४ रनको योगदान गरेका कुशल भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे। अनिल साहले २६ तथा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए।

प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो। प्रदेश १ का लागि मिनास थापाले सर्वाधिक ५९ रनको योगदान गर्दा श्रवण यादवले १० रन बनाए।