धनगढी – सरकारले फ्रन्टलाइनरलाई आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने भनेपनि सुदूरपश्चिममा भने अझै शुरु हुन सकेको छैन ।
कैलालीसहित प्रदेशका सबै जिल्लामा नियमित खोप कार्यक्रम सञ्चालन भइरहेपनि ‘बुस्टर डोज’ भने लगाउन ढिलाइ भएको छ । सरकारले घोषणाअनुसार प्रदेशमा आवश्यक पर्ने खोप नपठाउँदा फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ लगाउन नसकिएको बताइएको छ ।
प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले ‘बुस्टर डोज’ का लागि आवश्यक पर्ने भ्याक्सिन आपूर्ति नभएकाले अहिले नियमित खोप कार्यक्रम मात्र सञ्चालन भइरहेको जानकारी दिए ।





प्रतिक्रिया