देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बचत रकम सकियो, अब तेल ल्याउन ऋण चाहिन्छ : आयल निगम

देशान्तर

काठमाडौँ – नेपाल आयल निगमले निरन्तर तेलमा भएको घाटाका कारण हालसम्म सञ्चित भएको बचत रकम सकिएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले संचित बचत शून्यको अवस्थामा पुगेको बताएको छ । भारतीय आयल कर्पोरेसनलाई ५ दिनपछि भुक्तानीका लागि करिब २ अर्ब रुपैयाँ अपुग हुने भएकाले सो रकम ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने निगमको भनाइ छ ।

निगमले भनेको छ, आउँदा दिनहरुमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब ४ अर्ब रुपैयाँ घाटा रहिरहने देखिएको हुँदा आगामी ३ महिनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइ राख्न हालको खरिद मूल्यअनुसार निगमलाई १२ अर्ब रुपैयाँको आवश्कता देखिन्छ ।

माघ २ गते भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा, मट्टितेलमा २० रुपैयाँ ५० पैसा, हवाई इन्धनमा १४ रुपैयाँ ७३ पैसा र ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दावी छ ।

निगमका अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा ३ पटक मात्रै मूल्य समायोजन गरिएको छ ।