देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोजपुरी स्टार खेसरीलाललाई प्रहरीले महोत्सव जान रोकेपछि दर्शकले चारवटा गाडी जलाए

देशान्तर


काठमाडौं-भारतीय भोजपुरी कलाकार खेसारीलाल यादवलाई सुनसरीको बर्जु महोत्सवमा जानबाट प्रहरीले रोकेपछि आक्रोशित दर्शकले ४ ओटा गाडीमा आगजनी गरेका छन् ।

महोत्सवका आयोजकले दर्शकसँग पैसा असुल गरिसकेको र सेखरीलाल महोत्सवमा नआएपछि दर्शकहरू आक्रोशित भएका हुन् ।

बर्जु गाउँपालिकामा पुस २३ गतेबाट बर्जु महोत्सव आयोजना भएको थियो । उक्त महोत्सवको अन्तिम दिन आज भोजपुरी कलाकार यादव आउने तय भएको थियो । उनी विराटनगरमा आएर बसेका थिए ।

तर प्रहरीले कलाकार यादवलाई कार्यक्रममा जान नदिएपछि आक्रोशित स्थानीयले स्टेज तोडफोड र गाडीहरुमा आगजी गरेका हुन् ।

अहिले महोत्सवमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । कलाकार यादवलाई प्रहरीले विराटनगरमै रोकेर राखेका छन् ।

स्थानीय प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न अगाडि नै निर्देशन दिएको थियो । तर आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले अटेर गर्यो । महोत्सवमा अत्यधिक भिडभाड हुने देखेर प्रहरीले खेसरीलाललाई जान रोकेको हो ।