देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले बुधबार (आज) राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३–३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ ।

आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर एकसय डलरले बढेर ९९५ पुगेको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा अत्यधिक घाटा भएपनि हाललाई पहिलेकै मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ । यसअघि निगमले कात्तिक २४ गने इन्धनको मूल्य बढाएको थियो ।

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब एक अर्ब ८८ करोड घाटा हुने विज्ञप्तिमा जनाइएको छ ।