देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माटोको ढिस्कोले पुरिंदा २ जनाको मृत्यु

देशान्तर

बुटवल । बुटवलको तिनाउ नदी किनारमा आगो तापिरहेकामाथि ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् ।

बुधबार साँझ तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ५ जना घाइते भएका थिए । घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ढिस्कोले पुरिंदा २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।