
काठमाडौं- शुल्क बढाइएको विषयमा विराटनगरस्थित नोबेल मेडिकल कलेजका पीडित विद्यार्थीहरुले बिहीबार माइतिघरमा धर्ना दिएका छन् ।
नोबेलले विद्यार्थीबाट गैरकानुनी शुल्क लिएको भन्दै धर्ना दिएका हुन् ।
उनीहरु सरकारलाई दबाब दिनकै लागि भन्दै विराटनगरवाट काठमाडौं आएका थिए। चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक मनिष भट्टराईका अनुसार सरकारले तोकेको शुल्कभन्दा मनपरी शीर्षक बनाएर शुल्क लिएपछि आन्दोलन गर्नुपरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अतिरीक्त शुल्क नलिन निर्देशन दिएपनि नोबेलले अटेरी गर्दै आएको छ । काठमाडौं मेडिकल कलेजले समेत अबैध शुल्क लिएको पीडित विद्यार्थीको गुनासो रहेको छ ।





प्रतिक्रिया