देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माघ ७ गतेबाट उपत्यकामा जोर बिजोर प्रणाली लागू हुने

देशान्तर


काठमाडौं-काठमाडौं उपत्यकामा माघ ७ गते शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । कोरोना संक्रमण नियन्त्रण गर्नको लागि भन्दै सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निणर्य गरेको हो ।

 

उक्त निणर्य अनुसार अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ । जोर बिजोरको निणर्य दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने बताइएको छ ।