देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनबाट नक्कली नोटसहित दुई जना पक्राउ

देशान्तर

चितवन । चितवनमा नक्कली नोट कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने खैरहनी नगरपालिका–३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन् ।

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन् । १० थान एक हजार रुपैयाँका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्दासम्बन्धी कसुर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ ।

पक्राउ परेकाबाट नक्कली एक हजार रुपैयाँका १० थान नोट, एक–एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।