काठमाडौं- नरबहादुर श्रेष्ठले सात वर्ष अगाडिदेखि श्रीमती रश्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी महका नाउँमा नक्कली एवं गुणस्तरहीन लेदो बनाई बिक्री वितरण गर्दै आएका नरबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ स्थायी घर भएका श्रेष्ठले काठमाडौं महानगरपालिका-२७ ज्याठामा यस्तो ‘मह’ उत्पादन गर्थे। उनले गुणस्तरहीन अखाद्य लेदो ‘मह’ काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरूमा थोक तथा खुद्रा बिक्रीबाट राम्रै आम्दानी गरिरहेका थिए।
प्रारम्भिक अनुसन्धानमा श्रेष्ठले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको उनले बताए। उनले भने‚ ‘मह बनाउनका लागि प्रयोग गरिने विभिन्न प्रकारका सामग्री, मेसिन, रसायन केमिकल र गुणस्तरहीन ७ हजार ६०० किलो तयारी तथा कच्चा मह जस्तो देखिने लेदो समेत बरामद गरेका छौुं ।
तर, महको नाउँ दिएर गुणस्तरहीन लेदो व्यापारमा लागेका उनी अन्ततः प्रहरी हिरासतमा पुगेका छन्। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो।
प्रहरीले विशेष सूचनाका आधारमा ‘अपरेशन हनी’ गरी उनलाई पक्राउ गरेको हो। उनले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन महु बनाई प्रतिकिलो ६५० रुपैयाँमा बेच्दै आएको सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
श्रेष्ठले गुणस्तरहीन मह जस्तो गुलियो लेदो बनाउनको लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।





प्रतिक्रिया