देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खोप लगाएका विदेशी पर्यटकलाई अनअराइभल भिसा यथावत्

देशान्तर

काठमाडौं – सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा सुविधालाई निरन्तरता दिएको छ । अध्यागमन विभागले बिहीबार नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका नागरिकले खोपको पूर्ण मात्रा (खोपको प्रकृति अनुसार दुई डोज वा एक डोज ) लगाएकालाई अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन् ।

देशी पर्यटकले खोपको मात्रा पूरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट, नेपालमा होटल बुकिङ गरेको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भएका त्यसको अनुमतिको प्रतिलिपि समेत पेश गरेमा नेपाल प्रवेश विन्दुमै भिसा पाउने भएका छन् ।

यसक्रममा सीसीएमसीसीको अनलाइन अराभइल फारम भने भर्नुपर्नेछ ।