देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अदालतबाट १२ लाख रुपैयाँ जरिबाना ठहर भएपछि फरार रहेका व्यक्ति पक्राउ

देशान्तर

काठमाडौ –अदालतबाट १२ लाख रुपैयाँ जरिबाना ठहर भएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले १२ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका दोलखा भीमेश्वर नगरपालिका–३ घर भई अहिले काठमाण्डौको गोकर्णेश्वर बस्ने ४३ वर्षका जीतेन्द्रबहादुर रिजाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको २०७६ पुस ७ गतेको फैसलापछि दुई दिन कैद र बिगोबमोजिम १२ लाख रुपैयाँ जरिबानापछि फरार रहेका रिजाललाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका रिजालले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको उच्च अदालतले ठहर गरेको हो ।