देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुपन्देही प्रहरीद्वारा तीन अधिकृतलाई अवार्ड प्रदान

देशान्तर

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हरेक महिना उत्कृष्ट कार्य गर्ने मातहतका चौकी इन्चार्जहरुलाई प्रदान गर्दै आएको हाई इ​न्टीग्रेटी इन्चार्ज अवार्ड पुस महिनामा तीनजना प्रहरी अधिकृतहरूलाई प्रदान छ ।

शनिवार ईलाका प्रहरी कार्यालय मझगवा रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक सुरज खत्री, प्रहरी बिट बसपार्क भैरहवामा कार्यरत प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर बम्जन र प्रहरी चौकी पोहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज कुमार तिवारीलाई उक्त अवार्ड प्रदान गरिएको हो । जिल्ला प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले उनीहरुलाई अवार्ड प्रदान गरेका छन् ।

आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गरेको भन्दै उनीहरुलाई उक्त अवार्ड दिइएको बताइएको छ । फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण, मादक पदार्थ सेवन बिरुद्धको कारवाही लागयतका काममा उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी प्रमुखहरुलाई ती अवार्ड प्रदान गरिँदै आएको छ ।