देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज देशभरका अदालत बन्द

देशान्तर

काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको शोकमा आज देशभरका न्यायालयहरू बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।

मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आज देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए ।

सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।