देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको भाउ ३ सय रुपैयाँले घट्यो

देशान्तर

काठमाडौ – हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीको १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको भाउ तोलामा १३ सय १५ रुपैयाँ तोकिएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सार्वजनिक बिदाबाहेकका दिनमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरेको छ ।