काठमाडौ – भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको मृत्यु भएको छ।
शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ ।
गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिनाका छोराको उपचारका क्रममा बिहान मृत्यु भएको महानगरीय प्रहरी प्रभाग भक्तपुरले जनाएको छ ।
गएराति आगो तापेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि प्रहरीले बिहान झ्याल फोडेर हेर्दा सबै बेहोस अवस्थामा थिए । बेहोस भएका तीन जनामध्ये शिशुको मृत्यु भएको र दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया