देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आईओएमअन्तर्गतका सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित

देशान्तर

काठमाडौ – कोरोना संक्रमणलाई मध्यनजर गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका सोमबारदेखि हुने परीक्षालाई स्थगित गरिएको छ ।

आएओएमकी डिन डा.दिब्या सिंहले कोरोनाको जोखिम बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै परीक्षा रोकिएको जानकारी दिएन् ।

कोरोनाको संक्रमण बढ्दो छ । कतिपय विद्यार्थी संक्रमित हुँदै गएका छन्,’ डा. सिंहले अनलाइनखबरसँग कुरागर्दै भनिन्, ’ भोलि (सोमबार) देखि हुने भनिएको परीक्षा अहिलेको लागि स्थगित गरेका हौं ।’

माघ १० गतेदेखि सुरु हुने डेन्टल अन्तिम वर्षको परीक्षालगाएत स्वास्थ्य तर्फका सबै कार्यक्रमका परीक्षाहरु स्थगित भएको उनले जानकारी दिइन् ।

‘कोरोनाको जोखिम घट्दै गएपछि परीक्षा सञ्चालन गरिने छ । स्थगित परीक्षाको तालिका चाडैं प्रकाशित हुन्छ,’ डा. सिंहले भनिन् ।