काठमाडौ – सत्तारूढ दल नेपाली कांग्रेसनिकट सुशील कोइराला सोसलिस्ट युथ सर्कलले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
आइतबार सर्कलले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईसमक्ष मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । निगमको टेकुस्थित कार्यालय पुगेर सर्कलका अध्यक्ष ताराबहादुर थापासहितको समूहले पेट्रोलियम ज्ञापनपत्र बुझाएको हो ।
कोरोना महामारी र दैनिक उपभोग्य वस्तुहरूमा भएको मूल्यवृद्धिले जनता मारमा परेको समयमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताले झन् ठूलो सास्ती खेप्नुपरेको पत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझाउँदै सर्कलका अध्यक्ष थापाले विज्ञप्तिमार्फत उठाएको माग सम्बोधन नभए जस्तोसुकै कदम चाल्न सकिने चेतावनी दिए ।





प्रतिक्रिया