देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टेकु अस्पतालमा एक हप्ताका लागि खोप अभियान स्थगित

देशान्तर

काठमाडौ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाण्डौमा खोप अभियान स्थगित भएको छ । अस्पतालले आज आइतवार सूचना निकालेर यो जानकारी गराएको हो ।

अस्पतालमा बिरामीको उपचार तथा कोरोना भाइरसविरुद्धको खोप कार्यमा संलग्न ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएपछि खोप अभियान स्थगित भएको अस्पतालले निकालेको सूचनामा भनिएको छ ।

भोलि सोमवारदेखि आउँदो १६ गतेसम्मका लागि खोप अभियान स्थगित भएको सूचनामा उल्लेख छ ।