देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि,२८ जनामा ओमिक्रोन संक्रमण

देशान्तर

 

काठमाडौं– पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन्।

यसैबिच नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको ३२ मध्‍ये २८ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो। यस्तै ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ।