
काठमाडौं-रुकुम पश्चिममा घरको चुलोमा जलेर एक नवजात शिुशुको मृत्यु भएको छ ।
चौरजहारी नगरपालिका ६ शान्तिबजारमा आज बिहान ओछ्यानमा आगो सल्किएर १९ दिने नवजात शिशुको ज्यान गएको प्रहरीले जनाएको छ ।
सुतिरहेको ओछ्यानमा आगो सल्किँदा रिमबहादुर रोकाका १९ दिने शिशु सुनिलको जलेर ज्यान गएको हो । बच्चालाई जोगाउन खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुई वटै हात पोलोर घाइते भएकी छिन् ।
घाइते हुनुभएकी आमा चौरजहारी अस्पतालमा उपचारपछि घर गएकी छिन् । आमा कामले कोठाबाहिर गएका बेला ओछ्यानमा आगो सल्किएको बताइएको छ ।





प्रतिक्रिया