देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गर्भवतीमा कोरोना संक्रमण बढ्दो, प्रसूतिगृहमा एक सातामा ९० जना कोरोना संक्रमित गर्भवती भर्ना भए

देशान्तर

काठमाडौं – पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा संक्रमित भएका गर्भवती महिलाहरू उपचार सेवा लिन जाने संख्या बढ्दै गएको छ।

अस्पतालको विवरणअनुसार एक सातामा ९० जना कोरोना संक्रमित गर्भवतीले उपचार सेवा लिएका छन्। एक हप्तामा कोभिड–१९ संक्रमण भएका ९० जना गर्भवती कोभिड युनिटमा भर्ना भएका अस्पताल निर्देशक प्रा।डा। अमिरबाबु श्रेष्ठले बताए। उनका अनुसार ३ देखि ९ माघसम्म ९० जना गर्भवती कोभिड–१९ युनिटमा भर्ना भएका हुन् ।

९० गर्भवतीमध्ये ५४ जना प्रसूति गराइएको छ जसमा २८ जनाको सामान्य प्रक्रियाबाट प्रसूति गराइएको छ भने २६ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको निर्देशक प्राडा श्रेष्ठले बताए।

अन्य २६ जना भने अस्पतालमा भर्ना रहेको डा। श्रेष्ठले बताए। यस्तै यो समयमा अस्पतालका करिब १ सयभन्दा बढी चिकित्सक, नर्स र स्वास्थ्यकर्मी कोभिड–१९ संक्रमित भएको उनले बताए। एकै समयमा धेरै स्वास्थ्यकर्मीहरू संक्रमित भए पनि अस्पतालको सेवा भने नरोकिएको उनले बताए।