देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बेहुली लिन हिँडेको गाडी पल्टिँदा दुई जनाको मृत्यु

देशान्तर

काठमाडौ – बारामा बेहुली लिन हिँडेको रथ बनाइएको गाडी पल्टिँदा दुई जनाको मृत्यु भएको छ । गाडी पल्टिँदा अन्य १४ जना घाइते भएका छन् ।

घटनामा आदर्श कोटवाल गाउँपालिका ३ की १६ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिकाकी २३ वर्षीया शैलकुमारी रामको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरूको कैलया अस्पताल बारा र न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

स्थानीयवासी लक्ष्मण चमारको बिहेका लागि आदर्श कोटवाल गाउँपालिका ३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा रथ बनाइएको गाडी अनियन्त्रित भएर पल्टेको थियो । क्षमताभन्दा धेरै मानिस चढेकाले अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।