देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिटिइभिटीका सबै परीक्षा स्थगित

देशान्तर

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढेपछि परीक्षा स्थगित गर्ने निर्णय गरिएको परिषदका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लोकसेवा आयोग लगायतले परीक्षा स्थगित गरेकोले पनि स्थगित गर्न बाध्य भएको बताए। ‘परीक्षा स्थगित गर्ने बाध्यता नै आइपर्‍यो, भोलि गोरखापत्रबाट सूचना पनि जारी गर्छौँ,’उनले भने।

परिषदका अनुसार अर्को सूचना जारी नहुञ्जेलका लागि सबै नियमित परीक्षा स्थगित गरिएको छ।