देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ८,४५४ जनामा कोरोना संक्रमण,५ जनाको मृत्यु

देशान्तर

काठमाडौ – पछिल्लो २४ घण्टामा नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही समयमा ५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस  कोभिड (१९) को संक्रमण पुष्टि भएको हो।

४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन्। यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।