देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम : तराईमा हुस्सु कुहिरो, पहाडमा सामान्य बदली

देशान्तर

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भू–भागमा हुस्सु कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।