देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोटरसाइकल र अटोरिक्सा ठोक्किदा एकजनाको मृत्यु

देशान्तर

कैलाली । कञ्चनपुरमा मोटरसाइकल र अटोरिक्सा एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका–३ माईली बजारमा लु २ स ००८१ नम्बरको अटोरिक्सा र से १ प ७६४४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

अटो रिक्सा चालक ३५ वर्षीय राजेन्द्र सुनार(मिजार)को उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कैलाशसिंह विष्ट बताए ।

मोटरसाइकलमा सवार दुवै जना घाइतेको उपचार भइरहेको छ । चालक रामभजन राना र राधेश्याम राना घाइते भएका हुन् । अटोमा सवार आकाश बिक, आशिष बिक, रघुबीर सुनार, करुणा सुनार र पार्बती सुनार घाइते भएको प्रहरीले जनाएको छ ।