देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बुवाको हत्या आरोपमा छोरा पक्राउ

देशान्तर

विराटनगर – मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ ।

८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

बुधबार राति साढे ११ बजे सामान्य विवादमा बुबाको हत्या गरेको आरोप जयबहादुरमाथि लागेको छ । बुधबार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुबाको घाँटी थिचेर हत्या गरेको आरोप छ ।

घटनाको अनुसन्धानका लागि बुधबार राति नै जयबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।