देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु

देशान्तर

काठमाडौं– धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

मृत्‍यु हुनेमा सुनसरीको धरान नगरपालिका – ११ का ४५ वर्षीय पुरूष र धरान नगरपालिका– १५का ७२ वर्षीय पुरूष रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८स् ४० बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७स्४० बजे मृत्‍यु भएको हो ।

प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो ।

मृतकमा दुवै जनामा दीर्घरोगी तथा लिभरसम्बन्धी समस्या पनि रहेकोे थियो ।