देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोरङको उखुबारीमा अर्को शव पनि फेला

देशान्तर

विराटनगर – मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा अर्को पनि शव भेटिएको छ । उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को खाल्डोमा बिहीबार उत्खनन गरिएको थियो ।

बिहीबार उत्खनन गरिएको खाल्डोमा पनि शव भेटिएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन बिसीले जानकारी दिए । प्रहरीले शव खाल्डोबाट बाहिर निकालेको छैन । अहिले तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ ।

बुधबार प्रहरीले खाल्डोबाट अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो । दुबै शव एकै पटक खाल्डो खनेर पुरेको हुन सक्ने प्रहरीको भनाइ छ । खाल्डोमा शव गाडेर नुन पनि हालेको पाइएको प्रहरीको भनाइ छ । शवको पहिचान भइसकेको छैन । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रहरीका दुई खाल्डो उखुबारीमा करिब २० मिटरको दूरीमा छन् । खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घटनास्थलमा छ ।