देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकैदिन १५ जनाको मृत्‍यु, थप ८,०१७ जनामा कोरोना संक्रमण

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस  (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ भने ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४९ जना कोरोना संक्रमित थपिएका छन् ।