देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो छलफल ?

देशान्तर

काठमाण्डौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति शीतल निवासमा बिहीबार अपरान्ह ३ बजे राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनु भयो ।

‘आज दिउँसो ३ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटावार्ता भएको छ,’ प्रमुख स्वकीय सचिव अधिकारीले भन्नु भयो, ‘यो नियमित भेटवार्ता हो ।’

स्थानीय तहसहितका निर्वाचन गर्नुपर्ने जिम्मेवारीमा रहेको सरकारलाई मिति तोक्न निर्वाचन आयोगले दबाब दिइरहेको छ । आयोगका पदाधिकारीसँग भेटवार्ता गर्नुअघि प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्नु भएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच आगामी निर्वाचनसहित देशको समसामयिक विषयमा कुराकानी भएको छ ।