देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोली देखी जोर बिजोर प्रणाली हट्ने

देशान्तर

काठमाडौ – उपत्यकाभित्र यातायात सञ्चालनमा लागू गरिएको जोर बिजोर प्रणाली हट्ने भएको छ । जोर बिजोर प्रणालीले झन् समस्या ल्याएको सुझावहरु सरकारमा पुगेपछि हटाउन लागिएको हो ।

आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको बैठक बसी जोर बिजोर प्रणाली हटाउने निर्णय लिन लागिएको बुझिएको छ । जोर बिजोर प्रणालीले यातायात अभाव भई झन् समस्या ल्याएको थियो ।

कोरोना भाइरसको जोखिम रोकथामका लागि उपत्यकामा ७ माघबाट जोर बिजोर प्रणाली लागू गरिएको थियो । यसले दैनिक जनजीवन प्रभावित भएको थियो ।

जोर बिजोर प्रणालीले आर्थिक गतिविधिमा समेत असर परेको छ । कोरोना भाइरस रोकथामका लागि भने यो प्रणालीले खासै काम गर्न सकेको छैन ।